Comments Add Comment

अप्रिल २० मा एप्पलको नयाँ आइप्याड

१ वैशाख, काठमाडौँ । एप्पलले आगामी अप्रिल २० मा यो वर्ष सन् २०२१ को आफ्नो पहिलो प्रडक्ट सार्वजनिक गर्दैछ । उक्त अवसरमा एप्पलले आफ्नो आइप्याड प्रो, आइप्याड मिनी र एयरपड्सका नयाँ संस्करण सार्वजनिक गर्ने बताइएको छ ।

उक्त भर्चुअल कार्यक्रमका लागि एप्पलले मंगलबार प्रेस निमन्त्रणा पठाएको छ । एप्पल पार्क मुख्यालय क्यालिफोर्नियाबाट हुने उक्त कार्यक्रमको मूख्य नारा स्प्रिंग लोडेड राखिएको छ ।

अप्रिल २० मा एप्पलले सुपर ब्राइट एलइडी डिस्प्ले सहितको आइप्याड प्रोको संस्करण ल्याउने अपेक्षा गरिएको छ । त्यस्तै ठूलो डिस्प्ले र सानो बेजेल्स सहितको नयाँ डिजाइनको आइप्याड मिनी पनि सार्वजनिक गर्ने ब्लुम्बर्गले जनाएको छ ।

त्यस्तै सोही दिन एप्पलले नयाँ जेनेरेसनको एयरपड्स थ्री सार्वजनिक गर्ने पनि तयारी गरेको बताइएको छ । त्यस्तै म्याकबुक प्रो र म्याकबुक एयरका नयाँ अपडेटेड भर्सन पनि एप्पलले तयार पारेर राखेको छ ।

एप्पलले स्मार्ट ग्लास र भर्चुअल रियालिटी हेडसेट निर्माणमा समेत काम गरिरहेको भएपनि अप्रिल २० मै ती प्रडक्ट सार्वजनिक हुने सम्भावना चाहीँ नभएको बताइएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment