Comments Add Comment

कर्णालीका तीन मन्त्रीले लिए शपथ

५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नन्दसिंह बुढाले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापाले भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिने नेकपा एमालेको माधव नेपाल समूहका तीन जनालाई शनिबार साँझ मन्त्रीमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment