Comments Add Comment

राप्ती नदीमा घडियालको स्वच्छन्द विचरण (फोटो फिचर)

नेपालमा पाइने विभिन्न प्रजाति रेप्टाइल्स मध्ये घडियाल गोही अति संकटमा रहेको प्राणी हो । नेपालमा मात्र नभइ विश्वमा नै यसको संख्या तीब्र गतिमा घटिरहेको छ । अति संकटमा रहेको प्राणी भए पनि विगत केही वर्षयता नेपालमा घडियाल गोहीको संख्या सुखद् वृद्धि भइरहेको छ ।

घडियाल गोहीको संरक्षणको उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यलय कसरामा सन् १९७८ मा घडियाल प्रजनन् केन्द्रको स्थापना गरेको थियो । यस केन्द्रमा प्रजनन् गराइएका गोहीका बच्चाहरूलाई केही समय विशेष हेरचाह गरी आफै आहारा खोज्नसक्ने भैसकेपछि उनीहरूको प्राकृतिक वासस्थानमा लगेर छोड्ने गरिन्छ । यस कारण यहाँ घडियाल गोहीको संख्या सुखद् वृद्धि भइरहेको हो ।

नदी कटान, अव्यवस्थित बसोबास, जल प्रदुषण घडियाल गोही तथा अण्डाको चोरी शिकारी, विषादी प्रयोग गरेर माछा मार्ने कारणले यसको अस्तित्व संकटमा परेको हो । चुच्चो मुख र धारिलो काँडे शरीर भएको यस प्राणीले माछालाई नै आफ्नो मुख्य आहार बनाउँछ । एक वयस्क भाले घडियालको लम्बाई ३.५ देखि ५.५ मिटर सम्म हुन्छ । यसको तौल २५० देखि २७० केजीसम्म हुन्छ ।

पहिले एशियाका विभिन्न राष्ट्र नेपाल, पाकिस्तान, म्यानमार्क, भुटान, बंगलादेश, भारतमा पाइने यो प्रजाति अहिले नेपाल र भारतका केही स्थानमा मात्र पाइन्छ । चितवन घुम्न आउने पर्यटकको लागि अन्य वन्यजन्तु तथा चराचुरुङ्गीजस्तै घडियाल गोही पनि एक मुख्य आकर्षण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment