+
+
Shares

प्रहरीले देशभरबाट खोज्यो ५ हजार ४३२ अक्सिजन सिलिण्डर

अस्पतालमा ४५८५ सिलिण्डर वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २७ गते १८:५६

२७ वैशाख, काठमाडौं । कोरोना महामारीको बढ्दो संक्रमणका बीच नेपाल प्रहरीले देशभरबाट विभिन्न व्यवसायिक प्रयोजनमा रहेको ५ हजार ४३२ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ । सोमबार  तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले यस्तो जानकारी गराएको हो ।

प्रहरीले देशभरबाट १४४१ भरि सिलिण्डर र ३९९१ सिलिण्डर खाली संकलन गरेको जानकारी गराएको छ । संकलन भएका सिलिण्डरमध्ये विभिन्न अस्पताललाई ४५८५ वटा सिलिण्डर वितरण गरिएको छ । अब प्रहरीसँग ८४३ वटा सिलिण्डर बाँकि छन् ।

यी सिलिण्डर जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला स्थित प्रहरी कार्यालयमा राखेर आवश्यकता अनुसार वितरण गरिने नेपाल प्रहरीले जनाएको छ । सरकारले देशभरका उद्योगहरुमा रहेका अक्सिजन सिलिण्डर सरकारलाई दिन आहृवान गरेको थियो ।

सोही अनुसार नेपाल प्रहरीले सिलिण्डर संकलन थालेको हो । पछिल्लो समय उद्योगी स्वयमले उद्योगहरुमा रहेका सिलिण्डर कोरोना महामारीभर सरकारलाई दिन अभियान नै शुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?