Comments Add Comment

एन्ड्रोइडमा आयो सोसल मिडिया एप क्लब हाउस

अडियो बेस्ड सोसल मिडिया प्लाटफर्म क्लबहाउस अन्ततः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । करिब १ वर्षसम्म एप्पलको आइओएसमा उपलब्ध रहेको क्लब हाउसले आइतबार आफ्नो एन्ड्रोएड एप लञ्च गरेको हो ।

योसँगै अब एन्ड्रोइड प्रयोगकर्ताले पनि पहिलोपटक अडियो सोसल मिडिया क्लबहाउस प्रयोग गर्न पाउने भएका छन् । यद्यपि हालका लागि यो एन्ड्रोइड एप अमेरिकामा मात्र उपलब्ध रहेको र विश्वका अन्य मुलुकहरुमा निकट भविष्यमै यो उपलब्ध हुने बताइएको छ ।

अहिले अमेरिका बाहिरका प्रयोगकर्ताले प्ले स्टोरमा क्लबहाउस पेजका माध्यमबाट एपमा आफूलाई प्रि–रजिष्टर्ड गराउन सक्नेछन् । जब क्लबहाउसको एन्ड्रोइड भर्सन ती मुलुकमा उपलब्ध हुन्छ तब प्रयोगकर्तालाई क्लबहाउसले त्यसको जानकारी गराउने छ ।

निम्तो गरिसकेपछि मात्र आपसमा जोडिन सकिने अर्थात् इनभाइट वन्ली एपको रुपमा रहेको यो एपले प्रयोगकर्ताहरुको बीचमा संवाद खोज्न र सुन्न अनुमति दिन्छ । लाखौँ प्रयोगकर्ता रहेको क्लबहाउसका प्रयोगकर्तामा मार्क जुकरबर्गदेखि एलन मस्क लगायतका हस्तीहरु समेत छन् ।

क्लबहाउसको लोकप्रियतामा बढेसँगै अडियोमा आधारित सोसल एपप्रति मानिसहरुको रुझान बढ्दै गएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले हालै अडियो फिचरको रूपमा रहेको स्पेसको पहुँच विस्तार गरेको छ । त्यस्तै, फेसबुकले अडियो च्याट फिचरको विकास गरिरहेको छ जसलाई मेसेन्जरमा जोड्न सकिनेछ । साथै माइक्रोसफ्टको लिंक्डइनले पनि अडियो फिचरमा काम गरिरहेको बताइन्छ ।

स्मरण रहोस् गत वर्षमात्रै दुईजना प्रविधि क्षेत्रका दिग्गज पल डेभिसन र रोहन सेठले सुरुवात गरेको क्लबहाउसको मूल्य अहिले ४ अर्ब डलर पुगेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment