+
+
Shares

बंगलादेशको ढाकामा विस्फाेट, सात जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते १४:१०

१४ असार, काठमाडौं । बंगलादेशको राजधानी शहर ढाकामा आइतबार भएको विस्फाेटमा सात जनाको मृत्यु भएको छ । बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार उक्त विस्फाेटमा परी थप ५० जनाभन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ढाकाको मोघबजार क्षेत्रको व्यस्त सडकमा उक्त विस्फाेट भएको हो । अहिलेसम्म विस्फाेट के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

‘हामीले अहिलेसम्म सात जनाको मृत्यु भएको र ५० भन्दा धेरै मानिसलाई अस्पतालमा भर्ना गरिएको सूचना पाएका छौं’, ढाकाका प्रहरी कमिस्नर साफिकल इस्लामले भने ।

उनका अनुसार विस्फाेटका कारण सात वटा भवनमा क्षति पुगेको छ भने तीनवटा बसहरु ध्वस्त भएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?