+
+
Shares

आर्थिक वर्षको शुरूआती कारोबारमा सेयर बजारमा हरियाली

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते ११:४८

१ साउन, काठमाडौं । आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनिङ सेसनमा ५० कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको सेयर मूल्य बढेको थियो । नियमित कारोबार समयको ३० मिनेटसम्ममा नेप्से ५३.३९ अंकले बढेको छ ।

जसमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कारोबार भएको छैन भने तीन कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । ङादी ग्रुप पावर र सिंगटी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

नयाँ सरकार परिवर्तनसँगै एक सातासम्म स्थिरप्राय: रहेको बजार अर्थमन्त्रीको बजारबारेको धारणा पछि राम्रो लयमा फर्किएको जानकारहरु बताउँछन् ।

शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार विकास सरकारको प्राथमिकतामा भएको बताएका थिए । सरकारको राजस्वको राम्रो स्रोतको रुपमा रहेको पूँजीबजारको हितमा काम गर्ने अर्थमन्त्री शर्माले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?