Comments Add Comment

लागूऔषधको ‘ट्रान्जिट’ बन्दै मकवानपुर

फाइल तस्वीर

३, साउन, हेटौंडा । तीनवटा राष्ट्रिय राजमार्गले छोएको मकवानपुर पछिल्लो समय लागूऔषध कारोबार तथा ओसारपसारको ‘ट्रान्जिट’ बन्न थालेको छ ।

जिल्लाभित्रै उत्पादन हुने गाँजा, अफिम र चरेससँगै भारतीय सीमाबाट मकवानपुर भित्रिने सिरिन्ज लगायत लागूऔषधको कारोबारले मकवानपुर लागूऔषधको ट्रान्जिट बनेको प्रहरीको आँकलन छ ।

मकवानपुरबाट ठूलो मात्रामा लागूऔषध गाँजा बाहिरिने गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा लागूऔषधको खेती हुने र छिमेकी धादिङबाट पनि मकवानपुरकै बाटो हुँदै तराईका जिल्लामा लागूऔषध ओसारपसार हुने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।

प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा ३३ वटा सवारी साधनबाट लागूऔषध बरामद गरेको छ । जसमध्ये १० वटा ट्रक, १७ वटा मोटरसाइकल र ६ वटा अटो रहेको प्रहरीको तथ्यांकले देखाएको छ । पक्राउ परेका सवारी साधनमध्ये एक ट्रक र एक मोटरसाइकल भारतीय रहेको प्रहरीले जनाएको छ ।

तराईका नाकाबाट हेटौंडा जाने निजी तथा भाडाका सवारीबाट लागूऔषध कारोबारमा संलग्न रहेको भन्दै गत आर्थिक वर्षमा १५१ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment