Comments Add Comment

पोर्नोग्राफीको लत : खस्किँदै दम्पतीको यौन–जीवन

नेपाली समाजमा एउटा प्रचलित भनाई छ, ‘अतिले क्षति गर्छ ।’ कुनै कुराप्रतिको अति आशक्ति राम्रो मानिदैन । अहिले युवाहरुमा पोर्नोग्राफी यस्तै आशक्ति बढ्दैछ र त्यसको नतिजा भयानक हुने मनोविदहरुले बताउँदै आएका छन् ।

पोर्नोग्राफी अर्थात कुनैपनि विद्युतिय माध्यामबाट हेरिने अश्लिल फोटो, भिडियो आदि । नग्न एवं यौन क्रियाका फोटो-भिडियोहरु यस अन्र्तगत पर्छन् । नेपालमा खुलमखुला यस्ता फोटो-भिडियो हेर्न काुननी रुपमा निषेध गरिएको छ । कतिपय पोर्न साइटहरु समेत बन्द गरेका छन् । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै कुनै न कुनै माध्यामबाट पोर्न साइट भ्रमण गर्ने क्रम जारी छ ।

आजको युगमा पोर्न साइटमाथि पूर्णत प्रतिबन्ध लगाउन कति संभव होला ?

यौनजन्य सामाग्री वा जानकारीलाई निषेध गर्दैमा यौनकृत्य वा यौनकुष्ठा कम हुने तर्कमा धेरैले विश्वास गर्दैनन् । यौनप्रति मान्छेमा स्वभाविक चासो छ । मान्छे यौनको कुरामा उत्तिकै रुची राख्छन् । तर, यौनका विषयमा खुला छलफल गर्न सक्दैनन् । त्यही कारण मान्छेले यौनप्रतिका कतिपय जिज्ञासा मनभित्रै दबाएर बस्ने गर्छन् ।

ओशोले यौनका विषयमा आफ्नो स्पष्ट धारणा राखेका छन् । उनी भन्ने गर्थे, ‘यौनलाई जति लुकायो, जति दबाइयो, जति रहस्यमयी बनायो, यसप्रतिको भोक कम हुँदैन । बरु त्यसले यौनको भोक अरु जगाउँछ ।’

त्यसो त यौनका सम्बन्धमा समूचित जानकारी आदन–प्रदान गर्नु उपयोगी मात्र होइन, जरुरी पनि मानिन्छ । यौन शिक्षालाई अनिवार्य र अपरिहार्य मानिन्छ । विद्यालय तहमै यौन शिक्षाबारे पठनपाठन हुने गरेका छन् ।

यौनकै सम्बन्धमा सदियौं अगाडि ग्रन्थ समेत लेखिएका छन् । वात्स्यायनले उहिले नै ‘कामसूत्र’ लेखे र यौनका आयमलाई फराकिलो ढंगले व्याख्या गरिदिए । यद्यपि, कामसूत्र यौनको ग्रन्थ मात्र थिएन, त्यसमा दाम्पत्य सुखका सूत्रहरु समेटिएका थिए ।

त्यसो त दाम्पत्य सुखको एउटा कडी मानिन्छ, यौनलाई । यही सत्यलाई आत्मसात गर्दैै दम्पतीबीचका यौन जीवन कसरी आनन्ददायक बनाउने भनी खोज–अभ्यास भएका छन् । हाम्रा  कतिपय मन्दिरका टुँडालदेखि चाडपर्वले समेत यौन–सुखको अन्तर्य बुझाउने गरेको छ ।

अहिले यौनका विषयमा मनमा उठ्ने उत्सुकता मेट्न कामसूत्र पल्टाइरहनुपर्दैन वा अन्य सामाग्री खोजिरहनु पर्दैन । इन्टरनेटमा जतिपनि सामाग्री पाइन्छ, जहाँ यौनका सम्बन्धमा विस्तृत जानकारी उपलब्ध छन् ।

यद्यपि अहिलेका पुस्ता इन्टरनेटमा यौनसम्बन्धि आवश्यक जानकारी मात्र लिएर चित्त बुझाउँदैनन् । यसमा उपलब्ध यौन सामाग्रीहरुबाट आनन्द लिने गर्छन् । सामान्य मनोरञ्जनका लागि पोर्न सामाग्री हेर्नु अन्यथा नभएपनि यसको लत लाग्नु घातक हुने बताइन्छ ।

किन हानिकारक पोर्नोग्राफीको लत ?

कुनैपनि कुरामा अति आशक्ति हुन राम्रो मानिदैन । पोर्नोग्राफीको लत त अझ घातक हुने नै भयो । पोर्नोग्राफीको लतले उनीहरुको निजी समय, सिर्जनशिल क्षमता मात्र बर्बाद गरिदिदैन, यौन–जीवनलाई असर पु¥याउँछ ।

सहजै उपलब्ध हुने पोर्न भिडियोहरु हेरेर त्यसैको अनुसरण गर्न खोज्दा अनेक दुर्घटना भएको पाइन्छ । कतिपय बालबालिकाले पोर्न भिडियोको सिको गर्दै यौन कृत्य गरेका घटना पनि बारम्बार सुन्न पाइन्छ । यसरी यसले हिंसात्मक एवं उच्छृंखल यौन गतिविधिका लागि बढाव दिइरहेको छ ।

पोर्नग्राफीका लतले सिर्जनशिल उमेरका युवाहरुलाई अँध्यारो र एकान्त कोठामा सीमित गरेको छ । उनीहरु हरबखत पोर्न भिडियो हेर्ने मौकाको खोजीमा बसिरहेका हुन्छन् । पठन–पाठन गर्ने, नयाँ ज्ञान आर्जन गर्ने, काम–व्यवहार सिक्ने उमेरका युवाहरुमा पोर्नोग्राफीले बाधा पु¥याइहेका छन् ।

पोर्नोग्राफीको लतले दम्पतीको यौन जीवन पनि खस्किँदै गएको पाइन्छ । अश्लिल भिडियो हेरेर सोही किसिमको अभ्यास गर्न खोज्ने वा अपेक्षा गर्ने मनोवृत्ति बढ्दो छ । जबकि पोर्न मुभीहरु व्यवस्थित र नियोजित ढंगले बनाइएका हुन्छन्, जहाँ देखाइए जस्तै अभ्यास वास्तविक जीवनमा संभव हुँदैन । नतिजा, उनीहरु असन्तुष्ट हुन्छन् । यसले उनीहरुको यौन-सुखमा तगारो लगाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment