+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

होटलमा बिल धेरै उठेको भन्दै ‘बम’ राखेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १०:५७

६ भदौ, काठमाडौं । भूमिगत विप्लव समूह शान्ति प्रक्रियामा आएपछि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएका थिएनन् । तर शनिबार राति ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा बम जस्तो देखिने वस्तु भेटिएको खबर आएपछि भक्तपुर प्रहरी झस्कियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तत्काल बोलाइयो र साढे १० बजे सेनाले शंकास्पद वस्तु डिस्पोज गर्‍यो । तर त्यो वस्तु कसले राख्यो ? प्रहरी अलमलमा थियो ।

त्यही क्रममा होटलमा केही समयदेखि बस्दै आएका एक ग्राहकले सञ्चालकसँग झगडा गरिरहेको खुल्यो । प्रहरी वृत्त, ठिमीका अधिकृतहरुलाई शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले स्वीकारे । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको भक्तपुर प्रहरी प्रमुख एसपी शिव श्रेष्ठ बताउँछन् ।

प्रहरीका अनुसार उनी बुद्धचित्त मालाको कारोबारमा संलग्न व्यक्ति हुन् । ‘हालसम्म तर्साउनलाई मात्र राखिएको जस्तो देखिएको छ’ प्रहरी स्रोत भन्छ, ‘कुकरमा विष्फोट हुने प्रणाली राखिएको थिएन, तर्साउन मात्र खोजेको जस्तो देखिन्छ ।’ प्रेसर कुकुर राखेका वेला लामाले मादक पदार्थ पनि सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?