+
+

डेढ वर्ष जेल सजाय भोगेर छुटे पूर्वगृहमन्त्री बादलका भाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १४:०७

७ भदौ, काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापा थुनामुक्त भएका छन् ।

आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा २०७६ भदौ अन्तिम साता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ परेका उनी डेढ वर्ष जेल सजाय पूरा गरेर छुटेका हुन् ।

डिल्लीबजार कारागारका जेलर वसन्त पुरीले उच्च अदालत, पाटनले तोकेको एक वर्ष ६ महिना कैद सजाय पूरा गरेर सोमबार थापा थुनमुक्त भएको अनलाइनखबरलाई बताए ।

जिल्ला अदालत, काठमाडौंको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका थापालाई पछि अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उच्च अदालत पाटनले माघ तेस्रो साता जिल्लाको आदेश बदर गर्दै जेल सजाय तोको थियो ।

पछि उनले २७ फागुनमा सुटुक्क आत्मसमर्पण गरेका थिए ।

केन्द्रीय कारागारमा रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गर्ने आश्वसन दिएको आरोपमा नरेशमाथि थियो ।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जाहेरी दिएपछि ब्युरोका डीएसपी निरञ्जनदत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।

जिल्लाले नरेशविरुद्ध स्पष्ट प्रमाण अभाव भएको भन्दै धरौटीमा छाड्न र अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, शैलेश प्रजापति, पवन खड्का र बीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न भनेको थियो । यद्यपि, उच्चले नरेशलाई मात्र छाड्नुको कारणमाथि टेकेर थुनामा पठाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?