+
+

अन्तर्राष्ट्रिय उडानका एयरलाइन्सले तिरेनन् ५२ करोड कर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १८:२२

७ भदौ, काठमाडौं । नेपालबाट यात्रु उडाएवापत अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कर नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट विभिन्न सात विदेशी शहरमा यात्रु उडाएका कम्पनीले कर नबुझाएको पाइएको हो ।

यस्तो रकम ५१ करोड ९८ लाख रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार नेपालबाट प्रस्थान हुने यात्रु ओसार पसार गर्दा आयकर ऐन अनुसार ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरि प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने प्रावधान रहेको छ ।

तर, आन्तरिक राजस्व कार्यालय पुतलीसडकमा दर्ता रहेका ७ हवाई कम्पनीले कुल ५१ करोड ९८ लाख र सोमा लाग्ने शूल्क तथा ब्याज समेत नबुझाएको पाइएको छ । प्रतिवेदन अनुसार आबुधावी, साउदी अरव, ढाका, थिम्पु, सिंगापुर, मलेसिया र दुबई उड्ने ती वायुसेवा कम्पनीले कर छलेको पाइएको छ । कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन ।

नेपालबाट उडान भएकोमा कनेक्टिङ फ्लाइटबाट दोस्रो गन्तब्यको भाडा रकम समेत थप हुनुपर्नेमा त्यसो नभएको भन्दै महालेखाले छानविन गर्न भनेको छ । यी वायुसेवा कम्पनीले कुल १ लाख ४६ हजार ५१ जना यात्रु बोकेका थिए । यस्तो करलाई सरकारले हवाई सेवा करमा संकलन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?