+
+

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १५:३५

९ भदौं, काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो ।

कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ । आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो ।

यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?