Comments Add Comment

सुपाच्य खान, सक्रिय दिनचर्या र सकारात्मक मन

स्वास्थ्य जीवनशैलीमा सन्तुलित र सुपाच्य खानेकुरा, नियमित र सक्रिय दैनिकी, सकारात्मक र उत्साहित मानसिकता आवश्यक्ता हुन्छ । यसलाई हाम्रा पूर्खाहरुले उचित आहार, उचित विहार र उचित विचार भनेर व्याख्या गरेका छन् ।

स्वास्थ्य जीवनशैलीका लागि हामीसँग त्यही किसिमको आधार पनि चाहिन्छ । हामीले धेरैजसो त खानेकुराको माध्यामबाट रोग पैदा गर्छौं । हाम्रो शरीरमा खानेकुराकै माध्याबाट रोग प्रवेश गर्छ र खानेकुराकै माध्यामबाट रोग हुर्कन्छ ।

जबकि खानेकुरा भनेको शरीरका लागि औषधी हुनुपर्ने, विष होइन । खानेकुराले स्थुल शरीर निर्माण गर्नुपर्ने हो । हड्डी तथा मांशपेसीलार्ई बलियो र तन्दुरुस्त बनाउनुपर्ने हो । शरीरका भित्री अंगहरुको कार्यसंचालनलाई चुस्त बनाउनुपर्ने हो । तर, अहिले हामीले जे खाइरहेका छौं, त्यसले शरीरमा विष पैदा गरिरहेको छ ।

शरीर शुद्धिकरण गर्नुपर्ने आवश्यक्ता त्यही कारण पैदा भएको छ कि, हाम्रो शरीर विषाक्त हुँदैछ । शरीरभित्र विष भण्डार बढ्दैछ ।

एकातिर खानपानले हामीलाई रोगी बनाउँदैछ, अर्कोतिर जीवनशैली पनि । हामी सुविधाभोगी जीवनमा लोभी हुँदैछौं । सुख सुविधा, ऐश आरमले हाम्रंो शरीर जीर्ण र रोगी बनाउँदैछ । त्यससँगै तनावग्रस्त जीवनले थप पिरोल्दैछ । तनाव, धपेडी, प्रतिस्पर्धा, लोभ, इष्र्या जस्ता तत्वले पनि हाम्रो शरीरमा विकार पैदा गरिरहेको छ ।

त्यसैले सम्पूर्ण रुपमा स्वस्थ हुन, खानपानमा मात्र ध्यान दिएर पुग्दैन । त्यससँगै जीवनशैली र सोंच चिन्तन पनि सही हुन जरुरी छ ।

आहार

उचित आहार अर्थात सही खानपान । शरीरका लागि उचित खानपानको छनौट गर्नुपर्छ । उचित खानपान भनेको शरीरलाई आवश्यक पोषक तत्व भएको, सन्तुलित र सुपाच्य । खानाकै कारण शरीर निरोगी र जवान हुन्छ भने खानाकै कारण रोगको भण्डार पनि बन्छ । उचित खानपान औषधी सामान हो । अनुचित खानपान विष समान हो ।

खाना कस्तो खाने भन्ने कुरा हाम्रो पूर्खाहरुले तय गरिदिएकै छन् । आफु बसेको वातावरण, भूगोल अनुसार स्थानिय उत्पादन हाम्रो शरीरका लागि उपयोगी हुन्छ । साथै मौसमी खानेकुरा आवश्यक हुन्छ ।

खानपानको दैनिक तालिका पनि निर्धारण गरिएको छ । बिहानको खाना पर्याप्त र त्यसपछि क्रमस खानाको मात्रा घटाउँदै जानुपर्छ । सुत्नुभन्दा तीन घण्टा अघि भोजन गरेको उत्तम हुन्छ ।

यसरी उचित आहार अर्थात सही खानपान गरियो भने शरीर निरोगी र जवान रहन्छ । शरीरभित्र अनावश्यक विकार जम्न पाउँदैन ।

विहार

विहार अर्थात यात्रा । यसलाई दिनचर्या भनेर बुझ्न सकिन्छ । उचित दिनचर्या भनेको हाम्रो उठ्ने, बस्ने, खाने, खेल्ने, काम गर्ने, विश्राम गर्ने उचित तालिका हो ।

कतिबेला उठ्ने, कतिबेला सुत्ने, कतिबेला खाने, कतिबेला विश्राम गर्ने भनेर प्रकृतिले पनि तय गरिदिएको छ । प्रकृतिको लय अनुसार हामीले दिनचर्यालाई डोहो¥याउन सकेमा जीवन सुखी हुन्छ ।

विहान सूर्योदयअघि उठ्ने, योग, ध्यान, व्यायाम गर्ने, सही समयमा खानपान गर्ने, उचित शारीरिक श्रम गर्ने, सही समयमा विश्राम गर्ने । यस किसिमको सन्तुलित, अनुशासित जीवनशैलीले हामीलाई सुखी राख्छ । खुसी राख्छ ।

विचार

खानपान र दिनचर्या मात्र अनुशासित भएर पुग्दैन । शरीर शुद्धिकरण गरेर मात्र पुग्दैन । मन पनि शुद्ध हुनुपर्छ । मन प्रफुल्ल, शान्त र सकारात्मक हुनुपर्छ । यसका लागि खराब विचार त्याग्नुपर्छ । दम्भ, इष्र्य, लोभ, कामवासना, अहंकार जस्ता विकार त्याग्नुपर्छ । जब हामी यी विकार हटाउँछौं, मनमा करुणा, प्रेम, श्रद्धा, कृतज्ञता पलाउँछ ।

सकारात्मक सोंच र चिन्तनले हामीलाई मानसिक रुपमा स्वस्थ्य बनाउँछ । मन र शरीरवीच आपसमा गहिरो सम्बन्ध हुन्छ । त्यसैले शरीरसँगै मनलाई शुद्धिकरण गरेर हामी निरोगी जीवन पाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment