Comments Add Comment

क्यामरुनी खेलाडी राफायल थ्री स्टारमा

३० साउन, काठमाडौं । ए डिभिजन क्लब थ्री स्टारले क्यामरुनी खेलाडी राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको छ ।

नयाँ सिजनको ए डिभिजन लिगका लागि पाटने क्लब थ्रीस्टारले राफायललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । थ्री स्टारले यी २५ वर्षीय डिफेन्सिभ मिडफिल्डरसंग एक वर्षको लागि सम्झौता गरिएको जनाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । त्यसैका लागि थ्री स्टारले पनि खेलाडीको सम्झौता नवीकरण गर्नेदेखि अनुबन्ध प्रक्रिया जारी राखेको छ ।

अफ्रिकन रुट्स एसोसिएसनबाट नेपालमा मोफसलका विभिन्न गोल्डकप खेलेको राफायले बैशाख-जेठमा भएको नेपाल सुपर लिग फुटबल (एनएसएल) पोखरा थण्डर्सबाट खेलेका थिए ।

थ्री स्टारले कप्तान विक्रम लामासहित अनन्त तामाङ, सन्जोग राई र निशान खड्काको सम्झौता नवीकरण गरिसकेको छ भने मिडफिल्डर आयुश घलान र डोना थापालाई पनि अनुबन्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment