
२८ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो ।
दलको उपनेता, मुख्य सचेतक र सचेतक छनोट अर्को बैठकले चयन गर्ने एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले बताए । बैठकले भीम आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णयको जानकारी सोमबार नै प्रदेशसभा सचिवालयलाई दिने उनले बताए ।
नेकपा एमाले विभाजन भएपछि राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादी रोजेका छन् ।
एमालेका ५१ सांसदमध्ये १० जनाले नयाँ पार्टी रोजेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4