
३० भदौ, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले मर्जरका लागि अर्को संस्था ९पार्टनर० को खोजी शुरु गरेको छ । उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ । बुधबार बसेको कम्पनीको २४ औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
साधारण सभाले आ।व २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।
फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।
कमलादी काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको च्ुक्ता पँुजी रु।८२।८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले १४ वटा शाखाबाट आफ्ना ग्राहक महानुभावलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया 4