+
+

बाबुराम भट्टराईको सुझाव : राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते २०:३७
फाइल तस्वीर

३१ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव दिएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरी उनले यस्तो सुझाव दिएका हुन् ।

भट्टराईले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई पूर्णता दिन र राष्ट्रिय सहमति बनाएर एमसीसी पारित गर्नुपर्नेमा जोड दिए ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गरेर बजेट पारित गर्ने वातावरण मिलाउन आग्रह गर्दै उनले अहिलेको सत्तारुढ गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने पनि बताएका छन् ।

जनचासो र सामाजिक मुद्दाहरुलाई प्राथमिकतामा राखेर गठबन्धनमा आवद्ध दल र सरकारले समाधान खोज्नतिर लाग्नुपर्ने भट्टराईले बताएको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?