+
+

युट्युबदेखि टिकटकमा पल र समिक्षाको जोडीको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ११:२०

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका छन् ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

समिक्षाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् । केही महिना अगाडि पल र समिक्षाले अभिनय गरेको ‘सुर्ती मोड्दै’ बोलको गीत पनि सार्वजनिक भएको थियो ।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरुविचको सम्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् । के पल र समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?