+
+

अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हट्नुपर्छ : चीन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १४:४९

७ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानमाथि लगाइएको एकतर्फी प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् ।

बुधबार अफगानिस्तानको मुद्दाबारे चर्चाको लागि आयोजना गरिएको जी२० को भर्चुअल सम्मेलनको क्रममा यीले यस्तो बताएका हुन् ।

चीनको विदेशमन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाइनुपर्ने बताएको छ ।

विज्ञप्तिमा अफगानिस्तानको वैदेशिक मुद्रा सञ्चिति त्यहाँको राष्ट्रिय सम्पत्ति रहेको र त्यसमा अफगानिस्तानका आम नागरिकको अधिकार हुनुपर्ने उल्लेख गरिएको छ । यसको प्रयोग अफगानिस्तानमा राजनीतिक दबाब सिर्जना गर्नको लागि नभई त्यहाँका मानिसहरुको लागि हुनुपर्ने चीनको भनाइ छ ।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अमेरिका र अन्य केही मुलुकले अफगानिस्तानको एकाउन्ट्स फ्रिज गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?