+
+

एकादेशका चुरौटेहरु : गाउँ-गाउँ डुल्दै चुरा-पोते बेच्नेहरुको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १६ गते १९:३७

विकास सबैको प्रिय शब्द हो । गोरेटो बाटो जति सबै मोटरबाटो बने हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । तर, त्यही विकासले कतिपयको पुर्ख्यौली र जातीय पहिचानसँग जोडिएका कामहरु चौपट बनाइरहेको हुन्छ ।

यस्तै भइरहेको छ- भेँडाको उनबाट बनेको राडीपाखी बोक्ने गुरुङहरुलाई । लेकको जडीबुटी बोकेर पहाड र्झने शेर्पाहरुलाई । तराईबाट शिरकको खोल बनाउनउकालो लाग्ने धुनियाँहरुलाई । भाँडा बनाउने कुमाले हुँदै तामाको भाँडा बेच्ने बाँडाहरुलाई । उनीहरुको पुर्ख्यौली रजातीय पेसा यतिबेला संकटमा छ ।

वस्तु विनिमयका लागि कोसौंको यात्रा तय गरेर आउने यी परम्परागत व्यापारीहरु अबका पुस्ताले देख्न पाउँदैनन्, यी इतिहास बनिसकेका छन् । यस्तै, इतिहासमा सीमित भएको एउटा व्यावसायिक समूह हो ‘चुरौटे’, जो केही दशक अघिसम्म पूर्वी एवं मध्ये नेपालमा सौन्दर्य प्रशाधनका ‘दूत’थिए ।

जतिबेला पाइला पाइलामा सौन्दर्य सामग्रीको बिक्री हुँदैन’थ्यो । त्यतिबेला घरघरमा सुन्दरताको सामान पुर्‍याउने यी चुरौटेको परम्परागत पेसालाई पछिल्लो पुस्ताले आत्मसाथ गर्न सकेन । गाउँगाउँमा सौन्दर्य सामग्री पुर्‍याउँदै हिँड्ने चुरौटेको कथा यतिबेला सुन्दा अनौंठो र रोचक लाग्छ । जतिबेलाको समाजमा महिलाहरुले खुलेर सौन्दर्य प्रशाधनको प्रयोग गर्न पाउँदैन’थे, त्यतिबेला गाउँमा सौन्दर्य चेत जगाउने यो समुदाय कहिले र कसरी हराए होलान् ?

सजिलो थिएन श्रृंगार

कुरा २०४६ सालभन्दा अगाडिको हो । पूर्वी नेपालमा महिलाहरुलाई श्रृंगारका सामग्रीहरु लगाउनको लागि सामाजिक बन्देजहरु थिए । विशेष समारोहबाहेक अरु बेलामा त्यस्ता श्रृंगारका सामग्री लगाएर हिँड्यो भने समाजले ‘गुण्डी भएर हिँडी’ भनेर हेयभावले हेर्ने गरेको पाँचथरका पत्रकार देवेन्द्र साम्बाहाम्फे बताउँछन् । त्यो पुरातन समाजमा गाउँगाउँमा सौन्दर्य चेत जगाउँदै हिँड्ने चुरौटेहरु कसरी यो व्यवसायमा जोडिए होलान् ?

हिउँदमा धानबाली भित्र्याएपछि ठाउँठाउँमा लाग्ने हाट बजारहरुमा सामान किन्न स्थानीयको भिड लाग्थ्यो । त्यस्ता बजारहरु सामान्यतः १५ दिनमा एकपटक बस्ने गथ्र्याे । कुन तिथिमा बजार बस्ने भन्ने आधारमा बजारको नाम नै राखिन्थ्यो । हाटबजारमा किन्ने बेच्ने भन्दापनि सामान साटफेरको चलन बढी थियो ।

हाट लाग्नुभन्दा केही दिन अघिदेखि गाउँघरमा चुरौटेहरु देखिन्थे । उनीहरु घरघरमा सौन्दर्य सामग्रीहरु बेच्दै हिँड्थे । अन्तिममा बजार लाग्ने दिन बजारमा सामान बेचेपछि उनीहरु फर्किन्थे । सामान्यतयाः चुरौटेहरु ३/४ जनाको समूह हिँड्थे । दिनभरि फरक ठाउँमा विकेन्द्रिकृत भएर गाउँभरी डुल्नु र साँझ परेपछि सबै एकै ठाउँमा भेला भएर बस्नु उनीहरुको विशेषता थियो । यो सुरक्षाको लागि पनि थियो । उनीहरु सामान बिक्री भएपछि रुमालमा पोको पारेर पैसा राख्ने गर्थे । रुमालमा पैसा राखेर धेरै पटक पट्याएर यसको सुरक्षा गर्नु उनीहरुको विशेषता थियो ।

चुरौटेको कथा अहिले मिथक झै भएको छ । कुनैबेला उनीहरु चुरा, पोते, लाछी, टिका, ऐना बोकेर पहाडका गाउँ चाहर्थे । चुरौटेको कथा एक यस्तो आँखीझ्याल हो, जसले पुरातन समाजको सौन्दर्य चेतबारे बताउँछ

चुरौटेको लागि बास दिने ठाउँ निश्चित थियो, या त पालीमा होइन भने ग्वालीमा । खाना आफैंले पकाउनुपर्नेे तर पकाउन चाहिने खाद्यान्न र भाँडाकुँडा घरबेटीले दिन्थे । चुरौटेहरु पाहुना हुन् तर निःशुल्क बास माग्दैन’थे । भोलिपल्ट फर्किने बेलामा आवश्यक शुल्क वा सोही बराबरको सौन्दर्य सामग्री दिएर नया ँदिनको यात्रा सुरु गर्थे ।

चुरौटेहरुले कति मुनाफा कमाउँ’थे होला? यो भन्न मुस्किल छ । वर्षको एकपटक हिउँदमा पहाड उक्लिन्थे । बाँकी समयकहाँ हराउँथे पत्तो हुँदैन । पत्रकार साम्बाहाम्फे बाँकी समय उनीहरु आफ्नै घरमा खेतीकिसानी गर्ने गरेको बताउँछन् ।

माओवादी युद्धअघि पहाडी भेगमा हाट बजारको चलन प्रशस्तै हुन्थ्यो । सबै सामानसँगै सौन्दर्य प्रशाधनका लागि छुट्टै क्षेत्र तोकेर बेच्नदिइन्थ्यो । ती क्षेत्रहरुमा यिनै चुरौटेहरुको उपस्थिति हुन्थ्यो ।

दुई भेगका फरक चुरौटेहरु

मध्य पहाडी भेगमा चुरौटे भन्नेबित्तिकै लामो दारी पालेका, जुँगा छोटा मुसलमान समुदायका मान्छेलाई चिनिन्थ्यो/चिनिन्छ । चुरौटे भन्नेबित्तिकै गाउँगाउँमा हिँड्ने मुसलमानव्यवसायीहरु नजरमा आउँछन् । तर पूर्वी पहाडमा भने कोशीपारिका लिम्बुहरू बढीजसो यो व्यवसायमाथिए । साहित्यकार श्रवण मुकारुङ यीदुई भेगका घुमन्तेहरु बीचव्यावसायिक रुपमा समानता रहेको बताउँछन् । घरघरमा पुगेर सौन्दर्य सामग्री बेच्नु दुवै तर्फका चुरौटेहरुको साझाविशेषताहो । तर, पूर्वी पहाडमा बिक्रीहुने सौन्दर्य सामग्रीको सीधा सम्पर्क भारतसँगथियो । जुनअन्तको भन्दाविशेष छ ।

त्यतिबेलाभारतको कोलकाता सौन्दर्य सामग्रीको केन्द्र थियो । कोलकाताबाट सिलिगुढी हुँदै नेपाली सीमामाप्रवेश गर्ने यी साधनहरुमा बढीजसो झापा, पाँचथर, ताप्लेजुङबासीहरुको पनि संलग्नता रहेको मुकारुङ सुनाउँछन् । बढीजसो कोशीपारिका लिम्बुहरुको संलग्नताथियो ।

चुरौटेको आगमन समय

चुरौटेहरु सदावहार घुमन्ते व्यापारी होइनन् । वर्षको एक पटक, त्यो पनिहिउँदउनीहरुको व्यापारको सिजनहो । साम्बाहाम्फे आफूले देखेका चुरौटेको वर्णन गर्दै भन्छन्- ‘चुरौटेहरु हरेक वर्ष एक सिजनमामात्रै आउने गर्थे । बर्खामा काम सकेर हिउँदमा फुर्सद हुने भएकोले त्यही बेलामा हाट बजारमा पनि चुरौटेहरुले सामान बेच्थे ।’

पूर्वी पहाडी भेगमापहिलेपहिले दि्वतीया, दशमी, चौथीतिथिमा ठाउँठाउँमा बजार बस्ने गथ्र्याे । कम्तीमा १५ दिनमाएकदिनयस्तो बजार बसेकै हुन्थ्यो । ती हाट बजारहरुमा चुरौटेहरुको लागि छुट्टै ठाउँ तोकिन्थ्यो ।

चुरौटेले बोक्ने सौन्दर्य प्रसाधनहरू

बाँसले बुनेको खांंग्रे डोको । नाम्लोले टाउको र काँधमाफिता अड्काएर झोलाजस्तैगरी बोक्न मिल्ने बनाइन्थ्यो । पछिपछि लाहुरेले बोक्ने झोलामापनियस्तो सामानबोकेर आउनथालेको बताउँछन् मुकारुङ । डोकोलाई काँधमा र टाउकोमा बोक्दा टाउकोलाई मात्रै भार पर्दैन भन्ने उनीहरुको बुझाइथियो । यही नै चुरौटेको पहिचानहो । डोकोमा माथि बाँसबाट बनाएको ढकनीले यसलाई पूरा डोकोमात्रै नभएर ‘धोक्रो’को आकार दिएको हुन्छ । यहीभित्र भेटिन्थ्यो चुरा, पोते टीका, सिन्दुर, ऐना, लाछा, बाहिँ चुरा, फुर्का, खिन, पट्टे ऐना, सिन्दुर, नङ पालिस आदिको थुप्रो ।

उतिबेलाको पूर्वको अर्काे रोचकचलनपनिथियो । त्यतिबेलाअहिलेको जस्तो प्रेमीप्रेमिकाबीचमाया साट्ने विद्युतीय साधनथिएनन् । या त प्रेमपत्र पठाउनु पथ्र्याे, या त सिधै भेटेर प्रस्ताव राख्नुपथ्र्याे । यसको तेस्रो विकल्पथियो चुरौटेसँग सौन्दर्य सामग्रीकिनेर उपहार दिनु । साम्बाहाम्फे सम्झन्छन् ‘कति प्रेमहरु यही चुरौटेको माध्यमबाट जोडिन्थ्यो । प्रेमीले प्रेमिकालाई चुरा र टीका किनेर दिन्थे । त्यो प्रेमिकाले स्वीकारिन् भने प्रेम प्रस्ताव स्वीकारेको ठहर हुन्थ्यो । त्यसैले चुरौटे प्रेमको सन्देश दिन एउटा माध्यमपनिथिए ।

सौन्दर्यसँग जोडिएको चुरौटेको इतिहास

मुकारुङ चुरौटेको इतिहास खोज्दै जाँदामल्लकालसम्मपुग्न सकिने बताउँछन् । अर्काे मध्य नेपालको पहाडी भेगमापाइने चुरौटेहरुको विगतखोतल्दा पृथ्वीनारायण शाहको पालासम्मपुग्न सकिन्छ । गोरखाको गोरखकालीमन्दिरमा मुस्लिमहरुले शृंगारका सामग्रीहरु चढाउने संस्कारले यसको विगतलाई बुझाउँछ ।

चुरौटेको इतिहास कतै लेखेको पाइँदैन । लिपिबद्ध नहुँदाअहिलेका पुस्ताहरु समेत यो पेसाबारे बेखबर छन् । साहित्यकार श्रवण मुकारूङ विभिन्न साहित्यिक स्रोतलाई आधार मान्दायस्तो सौन्दर्य प्रसाधनलाई घरघरमा लगेर बेच्ने चलनमल्लकालमापनि रहेको विभिन्न साहित्यिक स्रोतमा भेटिने बताउँछन् ।

त्यसो त कल्ली, बाजु, पाउजु जस्तागहनाएवं अन्य सौन्दर्य सामग्रीको कुरा लिच्छविकालीन अभिलेखमा समेत उल्लेख भएको पाइन्छ । त्यो यसरी नै घरघर पुगेर सौन्दर्य प्रसाधन बेच्ने बिक्रेताहरु थिए/थिएनन् भन्न सकिन्न ।

शाहकालआइसकेपछि मध्य नेपालमापनि चुरौटेहरुको प्रथाविकास भयो । मुकारुङ भन्छ ‘नेपालएकीकरणकर्ता पृथ्वीनारायण शाहएकीकरणको लागिबनारस गएकाथिए । उनले हतियारसँगै हतियार मर्मत गर्ने मुस्लिम कालीगढ पनिल्याएकाथिए । उनीहरुकै कुनै पुस्ता यो पेसामालागेको हुन सक्ने इतिहासकारहरु बताउँछन् ।

कहाँबाट आउँथ्यो सामान?

पूर्वी पहाडमा आउने चुरौटेहरुको सम्बन्धसिधाभारतसँगहुन्थ्यो । भोजपुरका लिम्बुहरु,झापा, पाँचथर, ताप्लेजुङ जस्ता क्षेत्रका मान्छेहरु बढी यसमा संलग्नथिए । यसले पनिउनीहरुले सामानभारतबाट नै ल्याउँथे भन्न सकिने आधार रहेको मुकारुङ बताउँछन् ।

चुरौटेहरु बदलामा सुँगुरको जगर लिएर जान्थे । त्यो केकालागिप्रयोग हुन्थ्यो भन्ने यकिन छैन । सुँगुरको जगर एकदमै दह्रो खालको हुने भएकोले दाँतमाझ्ने ब्रस, जुत्ताको ब्रस आदिबनाइन्थ्यो कि भन्ने अनुमान गर्छन् मुकारुङ । यसबाहेक पनिविभिन्न जडिबुटी एवं स्थानीय सामग्रीहरु लिएर फर्किन्थे ।

कसरी भयो चुरौटेको विलय ?

वि.सं. २०४६ सालपछि बिस्तारै चुरौटेहरुको विलय सुरु भयो । यसको पछि विभिन्न कारणहरु छन् ।पहिलो त जुन पुस्ताले चुरा बोकेर हिँड्थे त्यो पुस्ताअसक्त भएपछि अर्काे पुस्ताले त्यसलाई आत्मसाथ गरेन । कममुनाफा र धेरै संघर्ष झेल्नु पर्ने भएकोले दोस्रो पुस्तायसमाआकषिर्त हुननसकेको बताउँछिन्, गायिकाझुमालिम्बु ।

रैथाने संगीतकीअभियान्ता समेत रहेकीलिम्बु बजारीकरणको सुरुवातसँगै गाउँगाउँमा सौन्दर्य सामग्रीको पसलहरु खुल्नथालेपछि बिस्तारै चुरौटेहरुको विलय सुरु भएको बताउँछिन् । यातायात र सञ्चारको साधनविकाससँगै मान्छेमा नयाँनयाँ फेसनको चेतनाविकास हुनथाल्यो । जसले गर्दा चुरौटे कुरेर बस्नुपर्ने आवश्यकता रहेन, योसँगै बिस्तारै चुरौटे युग हराउँदै गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?