+
+

एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापालाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १९:२३

१ कार्तिक, काठमाडौं। मानव अधिकारको लागि महिला, एकल महिला समूह (डब्लूएचआर) का संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापालाई मातृशोक परेको छ ।

केही समयदेखि विभिन्न रोगबाट अस्वस्थ थापाकी आमा नरेन्द्रकुमारी बस्न्यातको आइतबार असोज ३१ गते उपचारका क्रममा अस्पतालमा निधन भएको र आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्न्यातले युवा अवस्थामै विधवा हुन पुगेकी छोरी लिली थापालाई सामाजिक कुरीतिविरुद्ध लड्न ढाडस दिँदै उनी जस्ता हजारौं एकल महिलालाई एकीकृत गर्न सहयोग गरेकी थिइन् ।

उनकै सहयोगका कारण लिलीको नेतृत्वमा डब्लूएचआर जन्मिएपछी श्रीमान्‌को मृत्युलाई आफ्नो भाग्यको खेल सम्झेर निरस जीवन बाचिरहेका देशैभरका एकल महिलाहरू एकाकार भई आफ्नो हक अधिकारका लागि संगठित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?