+
+

चिनियाँ राष्ट्रपति सी जिनपिङ जी-२० सम्‍मेलनमा किन गएनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १४:४८

१४ कात्तिक, काठमाडौं । इटलीको रोममा जी-२० सम्‍मेलन जारी छ । प्रायः अन्य मुलुकका राष्ट्रप्रमुख जारी सम्‍मेलनमा सहभागी छन् । तर चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मेलनमा सहभागी छैनन् । ब्रिक्सको बैठक यसपटक भारतमा हुने तय थियो । तर त्यो भर्चुअल माध्‍यमबाट सपन्‍न भयो । एसएसीओको बैठकमा पनि सी जिनपिङ उपस्थित भएनन् । बैठकमा सहभागी नहुने चिनियाँ राष्ट्रपति सी मात्र छैनन्, रुसी राष्ट्रपति भ्लादमीरपुटिन पनि उक्त बैठकमा सहभागी भएनन् ।

इटलीको राजधानी रोममा भइरहेको जी-२० सम्‍मेलनमा विश्वभरका ठूला नेताहरु जलवायु परिवर्तन, वैश्विक करको दर, आपूर्तिमा रोक तथा वैश्विक खोपलगायतमा बहस र छलफल गरिरहेका छन् । तर यसपटक भने जी-२० सम्‍मेलनमा भाग नलिने र ग्लास्कोमा हुने जलवायु परिवर्तन सम्‍मेलन (कोप-२६)मा पनि सहभागी नहुने नेताहरु चर्चामा रहेका छन् । ती मध्‍येका हुन् चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादमीर पुटिन, जापानका प्रधानमन्त्री फुमियो किसिदा र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रोदर ।

यी नेताहरुमा सबैभन्दा धेरै चीनका राष्ट्रपति सी जिनपिङको अनुपस्थितिले चर्चा भइरहेको छ । जलवायु परिवर्तन सम्‍मेलनमा कार्बन उत्सर्जनलाई कम गर्ने लक्ष्‍यमा चीनको भूमिका र अमेरिकाबीचको टकराबले चिनियाँ राष्ट्रपतिको अनुपस्थित बलियो भएको जनाइको छ ।

जी-२० का सदस्‍य राष्ट्रहरु अमेरिका र अष्ट्रेलियासँगको सम्बन्ध खराब तथा बेलायत, क्‍यानडा र युरोपियन देशसँग समस्या बनेकाले चिनियाँ राष्ट्रपति सी जिनपिङ जी-२० सम्‍मेलनमा सहभागी नभएको बीबीसीले उल्लेख गरेको छ ।

२१ महिनादेखि रोकिएको छ सीको विदेश भ्रमण

कुरा जी-२० सम्‍मेलन र कोप २६ को मात्रै नभएर चिनियाँ राष्ट्रपति सीको वैदेशिक भ्रमण २१ महिनादेखि निक्‍कै कम भएको छ । अमेरिकी अखबार न्‍यूयोर्क टाइम्सको रिपोर्ट अनुसार उनी पछिल्लो २१ महीनादेखि विदेश भ्रमणमा निस्किएका छैनन् ।

उनको विदेश भ्रमण कोरोना महामारीको कारण देखाइए पनि खासमा यसलाई चीनको विदेश तथा आन्तरिक नीतिमा परिवर्तनको संकेत पनि मानिएको छ ।

वैश्विक नेता बन्‍ने प्रयासमा क्षति

चीनसँग अमेरिका तथा अन्‍य मुलुकको सम्बन्ध राम्रो छैन । अमेरिकाले चीनको प्रभावलाई कम गर्न क्वाड तथा ओकसजस्ता समूह बनाएका छन् । यसलाई लिएर चीनले आपत्ति जनाएको समाचारहरु आइरहेका छन् । साथै राष्ट्रपति सीको नेतृत्वमा अमेरिका तथा उसका सहयोगी देशहरुले सहयोग गर्ने इच्छा देखाइरहेका छैनन् ।

यस्तै सीको विश्‍व मञ्चमा उपस्थिति नदेखिनुले वैश्विक नेताको रुपमा र अमेरकाको विकल्प बन्‍ने प्रयासमा समेत क्षति पुगेको जानकारहरुको विष्लेषण छ । यसले कैयौ देशसँग पनि चीनको तिक्तता बढ्दै गएको र असर परिरहेको छ ।

सीको स्वास्थ्य होस वा आन्तरिक राजनीति चीनको ध्‍यान आन्तरिक मामलामा धेरै देखिएको छ । यसमा कम्‍युनिष्ट पार्टीको आगामी वर्ष हुने बैठक पनि सामेल रहेको छ । जसमा सी फेरि पाँच वर्षको लागि देशको नेता चुनिनेछन् ।

यस्तोमा नेताहरुको एक-आपसमा भेटवार्ता लगायतका राजनीतिक सम्बन्ध र त्यही प्रकारको प्राथमिकता सीको यसअघिको कार्यकालमा मात्रै देखिन्थ्यो । तर यस वर्षमा भने देखिएको छैन ।

एक वर्षअघि चीनले युरोपियन संघसँग एउटा सम्झौता गर्ने आश्वासन दिएको थियो जसले रोकिएको सम्बन्ध बलियो होस भनेर। तर यही कुराले चीनको सम्बन्ध अमेरिकासँग बिग्रियो। त्‍यसपछि चीनले युरोपियन नेताहरु सँगको भेटवार्ताको निम्तो स्वीकारेनन् ।

यस्तै रोम र ग्लास्कोमा चिनियाँ राष्ट्रपति सीको अनुपस्तिथिले कोरोना महामारी नियन्त्रणको तयारी र जलवायु परिवर्तनसँग जुध्नुपर्ने विषयहरुमा हुने प्रगती समेत प्रभावित हुने जानकारहरुको दाबी छ ।

बहुराष्ट्रिय व्‍यवस्थाको संरक्षक तथा बन्द सीमा

पाँच वर्ष पहिले दावोसमा भएको विश्‍व आर्थिक मञ्‍चमा सी जिनपिङले आफूलाई बहुराष्ट्रिय व्‍यवस्थाको संरक्षक भएको झै प्रस्तुत गरेका थिए । जबकी पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिसका फस्ट’ नीतिमा जोड दिएका थिए ।

तर जानकारहरुका अनुसार कोरोना महामारीको समयमा चीनले आफ्नो सीमा बन्‍द गरेर विश्‍वस्तरमा कुनै पनि भूमिका निभाउन नसक्‍ने बताउँछन् । विदेशी यात्रीलाई चीनमा प्रवेश रोक लगाएर चीनले कडा नियम बनाएपछि जानकारहरुले यस्तो दाबी गरेका हुन् ।

यस्तै यदी सी जिनपिङ बाहिर विदेश भ्रमण गएमा फर्किँदा उनी स्वयंले आफूलाई कोभिडको नियममा राख्‍नु पर्ने हुन्छ । यदि उनले नियम पालना नगरेमा उनीमाथि चर्को आलोचना हुन सक्दछ ।

चीनको फोन डिम्लोमेसी

चिनियाँ राष्ट्रपति सी विदेश भ्रमणमा नगए पनि राजनीतिक सम्बन्ध राम्रो बनाउनका लागि उनले बारम्बार कोशिस गर्न भने छाडेको छैन् ।

चीनले तालिबानसँग कुराकानी गरेर रुस र पाकिस्तानसँग अहम भूमिका खेलेको छ । किनकी उनी अहिले पनि तालिबानसँको सम्बन्धलाई लिएर अहिले पनि सक्रिय देखिएका छन् ।

सीले युरोपियन नेताहरुसँग कैयौंपटक कन्फेरेन्स कल गरेका छन् जसमा जर्मनीकी चान्स्लर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रो तथा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन सहभागी भइसकेका छन् ।

यसपटको जी-२० सम्‍मेलनमा चीनका विदेशमन्त्री वाङ यी सहभागी भएका छन् भने राष्ट्रपति सी जिनपिङले भिडियोको माध्‍यमबाट सम्‍मेलनलाई सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?