+
+

सुनको मूल्य पाँच महिनायताकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १२:५४

२५ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पाँच महिनायताकै महँगो भएको छ । बिहीबार तोलामा एक हजार तीन सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको बजार मूल्य ९२ हजार ७ सय रुपैयाँ थियो । बिहीबारका लागि तेजावी सुनको कारोबार मूल्य पनि ९३ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ मात्रै थियो ।

महासंघकाअनुसार बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोल १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । गत जेठ २८ गते यता सुनको भाउमा गिरावट देखिएको थियो ।

सो दिन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको महासंघले जनाएको छ । बिहीबारको मूल्य त्यसयताको पाँच महिनाकै सबै भन्दा धेरै भएको महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा भएको मूल्य बृद्धि नै नेपालमा सुनको भाउ बढ्नुको प्रमुख कारण भएको महासंघको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?