
७ मंसिर, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले काठमाडौं उपत्यकाबाहेकका स्थानमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक पटकका लागि भन्दै लघुवित्तहरुलाई यस्तो छुट दिने बताएको छ ।
राष्ट्र बैंकले विकट क्षेत्रमा लघुवित्त वित्तीय संस्थाहरुको उपस्थिति बढाउन सहरी क्षेत्रमा केन्द्रीय कार्यालय खोल्न वा स्थानान्तरण गर्न बन्देज लगाएको थियो । मंगलबार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले एक पटकका लागि यस्तो सुविधा दिने बताएको हो ।
राष्ट्र बैंकको यो निर्देशनसँगै ग्रामिण भेगमा केन्द्रीय कार्यालय रहेका संस्थाहरुले काठमाडौं नजिककै जिल्ला वा अन्य सहरी क्षेत्रमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न पाउने भएका छन् ।
लघुवित्त वित्तीय संस्थाहरु एकआपसमा गाभिएका वा प्राप्ति भएको कारणले उक्त संस्थालाई थोक कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाको एकल ग्राहक सीमा नाघ्न गएमा गाभिएका वा प्राप्ति पछि बनेको लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार गरेको मितिले ३ वर्षभित्र त्यस्तो कर्जा तोकिएको सीमाभित्र ल्याइ सक्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया 4