+
+

लमजुङमा संस्थापन समूहका टकराज गुरुङ सभापतिमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते ११:३९

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस लमजुङको सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी संस्थापन निकट हुन् ।

मंगलबार भएको जिल्ला अधिवेशनबाट गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा विजयी गुरुङले ६६९ मत पाए भने उनका अर्का प्रत्यासी गमप्रसाद गुरुङले ५३६ मत पाए । टकराज १३ औं महाधिवेशनमा भने सभापति पदमै पराजित भएका थिए ।

दुई उपसभापतिमा संस्थापन समूहबाट श्रीकान्त घिमिरे विजयी भएका छन् भने अर्का उपसभापतिमा संस्थापन इतर समूहका आनन्द घिमिरे विजयी भएका छन् ।

त्यस्तै सचिवमा कृष्ण बहादुर अधिकारी र विमल श्रेष्ठ निर्वाचित भएका छन् भने सहसचिवमा नर बहादुर गुरुङ र विश्व पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै बहुमत उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment