
काठमाडौं । एनसीसी बैंक लिमिटेडले २५ औं वाषिर्कोत्सवको अवसरमा सातै प्रदेशमा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान शाखामा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । यस्तै बागमती प्रदेशअन्तर्गत काठमाडौंमा रहेको बैंकको मुख्य शाखा र चितवनको नारायणगढ शाखामा पनि रक्तदान कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।
यस्तै गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा पनि रक्तदान कार्यक्रम आयोजना गरेको बैंकको भनाइ छ । सातै प्रदेशका ९ वटा शाखाहरुमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले काठमाडौंस्थित बागबजारका प्रेमसागर कर्मचार्यलाई कदर प्रत्र प्रदान गरेका थिए । कर्मचार्यले अहिलेसम्म १६८ पटक रक्तदान गरिसकेका छन् ।
वाषिर्कोत्सवको अवसरमा एनसीसी सिल्भर सेभिङ खाता, एनसीसी सुगम सिल्भर मुद्घती खाता, एनसीसी सिल्भर रेमिट सेभिङ खाता र एनसीसी सिल्भर रेमिट मुद्घती खाता जस्ता आकषर््ाक निक्षेप खाताहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4