+
+

प्रदेश-२ मा अन्तिममा फेरियो एमाले उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १७:१९

२० पुस, जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ ।

प्रदेश २ बाट रिक्त अन्य सदस्यमा धनुषाका असर्फी भिनबार यादवलाई उम्मेदवार छनोट गरे पनि एमालेले अन्तिममा पर्साका उस्मान अन्सारीको मनोनयन दर्ता गराएको हो । एमालेले महिलातर्फ रौतहटकी बिना साहको मनोनयन दर्ता गराएको छ ।

माघ १२ गते हुने निर्वाचनका लागि प्रदेश २ को दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट अन्य समूहमा जसपाका मो. खालिद सिद्दिकी र महिलातर्फ माओवादीकी उर्मिला अर्यालले उम्मेदवादी दिएका छन् । सिद्दिकी सिरहा र अर्याल पर्साकी हुन् ।

लोसपाका एक उम्मेदवार व्याक

लोकतान्त्रिक समाजवादी पार्टीले अन्य समूहबाट उम्मेदवार चयन गरे पनि अन्तिममा मनोनयन दर्ता गराएन । लोसपाबाट श्यामसुन्दर सरदारले उम्मेदवारी दिने चर्चा थियो । तर उनी सरकारी लाभको पदमा रहेको पुष्टि भएपछि उम्मेदवारी दर्ता गराएनन् ।

सप्तरीको कंचनरुप निवासी उनी प्रदेश २ सरकारले ६ फागुन २०७८ मा गठन गरेको दलित विकास समितिका सदस्य हुन् । राष्ट्रिय सभा निर्वाचन निर्देशिकाले आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ ।

यस्तो अवस्थामा उम्मेदवारी दिए खारेज हुने जानकारी पाएपछि सरदारले उम्मेदवारी नै नदिएको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?