+
+

‘थिरिमाली’को आइटम भिडियोबाट हट्यो अदिती र जसिताको फोटो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १२:४८

९ माघ, काठमाडौं । नेपाली चलचित्रका दुई सफल अभिनेत्री अदिती बुढाथोकी र जसिता गुरुङको तस्वीरलाई दुरुपयोग गर्दै समावेश गरिएको मलायलम चलचित्र ‘थिरिमाली’को निर्माणपक्षले फोटो हटाएको छ ।

चलचित्रमा समावेश आइटम गीतमा नेपाली चलचित्रका दुई अभिनेत्रीसँगै अन्य मोडलहरुको समेत तस्वीरलाई गलत सन्देश दिँदै प्रयोग गरिएको थियो ।

अनलाइनखबरले यो विषयमा आइतबार समाचार प्रकाशन समेत गरेको थियो । समाचार प्रकाशन भएपछि नेपाली टिमले चलचित्रको टिमसँग यो विषयमा कुरा गरेको  थियो ।

अहिले गीतको भिडियोमा अभिनेत्रीहरुको तस्वीर हेर्दै गरेको दृश्य हटाइएको छ । भारत र नेपालमा छायांकन गरिएको मलायलम चलचित्रको एक गीतमा अभिनेत्री स्वस्तिमा खड्का र नेपाली कोरसले आइटम नृत्य गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?