+
+

लघुकथा : एकल वृद्ध

आचार्य प्रभा, अमेरिका आचार्य प्रभा, अमेरिका
२०७८ फागुन ६ गते १८:०३

सुष्मा, बुवालाई के भएछ ? बोल्दा पनि बोल्नु हुन्न । मुखै निन्याउरो छ । – रविनले श्रीमतीलाई सोध्यो ।
सुष्माले भनी – म के जान्नुँ ? सासू भए पो सोध्नु ?

‘होइन सासू न ससुरा, के फरक पर्छ ! बिरामी हुनु भा हो कि ? केही चाहिएको थियो कि ? त्यति सोध्न त सकिन्छ नि !’

‘म सक्दिनँ ।’ – फेरि सन्की सुष्मा ।
रविन मौन बन्छ र बाको कोठामा पस्छ । बा आँखा बन्द गरेर ढल्किरहेका हुन्छन् ।

उसले बालाई सोध्छ – बुवा, हजुरलाई सन्चो छैन कि क्या हो ?
बुवाले आँखा खोल्छन् र छोरालाई हेर्दै भन्छन् – शरीर सन्चै छ तर मन बिसन्चो छ ।
किन के भो ? मलाई भन्नु न ! – रविनले आग्रह गर्छ ।

के भो भन्नु ? बाबु ! तँ पनि घरमा बस्न पाउँदैनस् । बुहारी मेरो छेउमै पर्न धक मान्छिन् । छोरी र बुहारीमा फरक हुन्न जस्तो लाग्थ्यो तर मेरो  सोंच गलत रैछ । आज मेरो अप्रेसन गरेको ठाउँ निक्कै दुख्यो । औषधि निर्क्यौल गरेर खान सकिनँ । बुहारीलाई कति पटक बोलाएँ । सुनेको नसुने जस्तै गरिन्  अनि घाउभन्दा मनै झन् दुख्यो ।

बुवाको कुरा सुनेर रविनलाई नमिठो लाग्यो । बुवाको कोठाबाट निस्कियो र कोठामा गएर सुष्मालाई भन्यो – सुष्मा बुवाले बोलाउँदा तिमीले किन नसुनेकी ? बुवालाई अप्रेसन गरेको ठाउँ दुखेको रहेछ । अरू केही गर्न नसके गएर सोध्न त सक्थ्यौ !

सुष्मालाई भाउन्न छुट्यो र मुख पड्काई – के मैले बुवाको अप्रेसन गरेको ठाउँमा हेरूँ त ?’
रविनले भन्यो– ‘तिमीले  सोधेर औषधि दिन त सक्थ्यौ !’
सुष्मा फत्फताउन थाली – यही त अप्ठ्यारो ! बरु राँडी सासू पाल्न सजिलो । स्वास्नी नभाका राँडो ससुरासँग बस्नै अप्ठ्यारो ।

‘सुष्मा तिमी मनपरी नबोल । मेरो बुवाले तिमीलाई त्यस्तो के गर्नु भो ? – रविन जङ्गियो ।

कोठाबाट बुवाले छोराबुहारीको तर्क सुनेपछि, भित्तामा टाँगिएको पत्नीको तस्वीर हेर्दै तरर आँशु बगाउँदै भने–
‘लक्ष्मी, बरु म अघि गएको भए तिम्ले त यस्तो वचन सुन्नु नपर्ने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?