+
+

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नेपालटारबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १४:३५

१० फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपलिका -८ घर भई तारकेश्वर नगरपालिका-१० मनमैजुमा श्रृष्टि फलफूल पसल गर्दै आएका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र २२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

पाण्डेले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

नेपालटारमा लुकिछपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?