
३ चैत, काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र रोशन बलुवाको को स्वरमा ‘नपार दोधारमा’ गीत सार्वजनिक भएको छ । गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल गीता ढुंगानाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ ।
मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा वीरेन्द्र भट्टको छायांकन र विकास ज्ञवालीको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4