+
+

प्रिन्स दाहाललाई अहिलेसम्मकै ठूलो प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १८:४४

१५ चैत, काठमाडौं । ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका नेपाली खेलाडी प्रिन्स दाहाललाई ब्याडमिन्टन खेल सामाग्री उत्पादन कम्पनी योनेक्स सनराइज इन्टरनेशनलले अहिलेसम्मकै ठूलो प्रायोजन गरेको छ ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रिन्सले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसअघि योनेक्स नेपालको तर्फबाट उनलाई प्रयोजन भइरहेको थियो । योनेक्स नेपालका सन्चालक राजु बास्तोलाको पहलमा योनेक्स इन्टरनेसनलले प्रायोजन गरेको हो । कार्यक्रममा वास्तोलाले पहिलो चरणमा खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

सम्झौताअनुसार प्रिन्सले चार वर्षसम्म वैदेशिक प्रशिक्षणका लागि सहयोग पाउनेछन् । हरेक वर्ष ६० दिनको विशेष वैदेशिक प्रशिक्षण हुनेछ । सोही अवधिसम्म सम्पूर्ण खेल सामाग्री योनेक्सबाटै पाउनेछन् । योनेक्स इन्टरनेसलनलले गर्ने प्रमोसनल टूरमा प्रिन्सको सहभागिता रहनेछ ।

त्यसबाहेक उनले वार्षिक ८ लाख रुपैयाँ नगद पाउनेछन् । व्यवस्थापकको समेत भूमिका निर्वाह गरिरहेका प्रिन्सका मामा कमलेश निरौलाका अनुसार ठूला विदेशी प्रिमियर लिगको सहभागितामा पनि योनेक्सले पहल गर्नेछ ।

अप्रिल अन्तिमदेखि युरोपमा हुने जुनियर सिरिजको तयारीमा रहेका प्रिन्सले अहिलेसम्मकै ठूलो प्रायोजनप्रति खुसी व्यक्त गरे । ‘यसले मलाई आगामी चार वर्षका लागि राम्रो प्रदर्शन गर्न सहयोग पुग्नेछ ।

विशेष प्रशिक्षणदेखि नियमित अन्तर्राष्ट्रिय सहभागितामा पनि सजिलो हुन्छ,’ ब्याडमिन्टन एसियाबाट सन् २०२१ देखि ओलम्पिक छात्रबृत्ति पाएका प्रिन्सले अनलाइनखबरसँग भने ।

१८ वर्षीय प्रिन्स सन् २०२२ को जनवरीमा विश्व व्याडमिन्टनको जुनियरतर्फ शीर्ष स्थानमा पुगेका हुन् । सन् २०१९ मा दुवई इन्टरनेसनल सिरिजमा स्वर्ण जितेपछि चर्चामा आएका उनी त्यसयता जुनियरस्तरमा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् ।

कोरोना महामारीका कारण सन् २०२० को मार्चयता प्रिन्सले आधिकारिक प्रतियोगिता खेल्न पाएका छैनन् । अघिल्लो महिना उनले पुष्पलाल स्मृति राष्ट्रिय वरीयताप्राप्त ब्याडमिन्टनमा सिनियरतर्फ उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?