
काठमाडौं । नयाँ वर्षको अवसरमा सस्तोडिलले एनएनवाई २०७९ नामक अफर सार्वजनिक गरेको छ । २९ चैतदेखि ३ वैशाखसम्म यो अफर लागू हुनेछ ।
यो अफरमा ग्राहकहरुले बैंक वा डिजिटल वालेटबाट भुक्तानी गरी अधिक छुटमा सामान खरिद गर्न पाउने छन् भने नि:शुल्क डेलिभरीको सुविधा पनि रहेको छ ।
सस्तोडिलबाट सामान खरिद गरी विभिन्न बैंकका डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ग्राहकहरुले २० प्रतिशत (२ हजार रुपैयाँसम्म) छुट पाउनेछन् भने इसेवाबाट भुक्तानी गर्दा २० प्रतिशत (१ हजार ५०० रुपैयाँसम्म) र खल्तीबाट भुक्तानी गर्दा २० प्रतिशत (५०० रुपैयाँसम्म) छुट पाउनेछन् । यसका साथै सस्तोडिल कै कुपन भौचर प्रयोग गरी थप १० हजार रुपैयाँसम्म छुट पनि पाउनेछन् ।
सस्तोडिलका अनुसार एनआईसी एसिया, लक्ष्मी बैंक, एनएमबि बैंक, ज्योति विकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, हिमालयन बैंक, एनसीसी बैंक, बैंक अफ काठमाडौं र मेगा बैंकका डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा ग्राहकहरुले छुट पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4