+
+

महानगरको उपमेयरमा पनि भागबण्डा मिल्यो, काठमाडौंको उपमेयर एकीकृत समाजवादीलाई

कांग्रेसलाई तीन र अरु पार्टीलाई एक एक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २०:४७

६ वैशाख, काठमाडौं । महानगरपालिकाको प्रमुखमा सहमति जुटाएको सत्तारुढ गठबन्धनले उपमेयरको भागवण्डा पनि सकेको छ ।

बेलुकी सकिएको सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई तीन र अरुलाई एक एकवटा महानगरमा उपमेयर भागवण्डा गरेको हो ।

सहमति अनुसार काठमाडौ, ललितपुर र बिराटनगरमा मेयर पाएको कांग्रेसले पोखरा, वीरगञ्ज र भरतपुरको उपमेयरमा टिकट सुनिश्चित गरेको छ ।

यस्तै पोखराको मेयर निश्चित गरेको नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट काठमाडौंमा उपमेयरमा प्रतिष्पर्धा गर्ने एक नेताले जानकारी दिए । सहमतिअनुसार ललितपुरमा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार उठ्नेछन् भने बिराटनगरमा जसपाले उममेयरको टिकट सुनिश्चत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?