
२८ वैशाख, काठमाडौं । नेपाली बक्सर सुष्मा तामाङ टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको पहिलो चरणमै पराजित भएकी छन् ।
मिनिममवेटअन्तर्गत ४६ देखि ४८ केजी मुनी तौलसमूहमा सुष्माले मंगोलियाकी जान्चिन न्याम्सुरेनसँग स्प्लिट डिसिजन (पाँचजना निर्णायकबीचको मत)का आधारमा ३–२ ले पराजित भइन् ।
पहिलो राउण्डमा कमजोर देखिएकी सुष्मा दोस्रो र तेस्रो राउण्डमा मंगोलियाली खेलाडीमाथि हावी थिइन् । तर, बराबर प्रतिस्पर्धा भएपछि निर्णायकहरुले समग्रताका आधारमा निर्णय सुनाउँदा मंगोलियाली खेलाडीको पक्ष लिए ।
विश्व च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी सहभागी छन् । फ्लाइवेट ५० देखि ५२ केजी मुनी तौलसमूहमा नेपालकी मिनु गुरुङले बुधबार नै जापानी खेलाडी रिंका किनोशितासँग खेल्दैछिन् ।
सकुन्तला थापा र पुनम रावलले पनि पहिलो चरणमा वाई पाएका छन् । उनीहरु प्रिक्वाटरफाइनल चरणदेखि प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4