+
+

नामावली सारिएपछि प्रदेश सांसद रेग्मीले मतदान गर्न पाइनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १७:३६

३० वैशाख, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले मतदान गर्न पाइनन् । निर्वाचन आयोगले उनको नामावली सुन्दरहरैचा नगरपालिकामा सारिदिएपछि उनले भोट हाल्न नपाएकी  हुन् ।

२०४५ सालदेखि विराटनगर बस्दै आएकी उनले यसअघिका निर्वाचनमा पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर ३ स्थित पुसेट कलेज मतदान केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । तर यो पटक मतदान गर्न नपाएको उनले बताइन् ।

‘वर्षौदेखि यहीबाट भोट हालेको, हिजो हेर्दा नाम भेटिन’ उनले भनिन्,‘ निर्वाचन आयोगले सुन्दरहरैचा नगरपालिका–९ मा सारिदिएको रहेछ ।’

उनले आयोगको लापरबाहीका कारण मतदान गर्न नपाएको उनको भनाइ छ । ‘सुन्दरहरैचामा न माइती न मावली’ उनले भनिन्,‘आयोगले  लापरबाही गरेपछि जान सकिनँ, सच्याउन आग्रह गर्दा पनि भएन ।’

रेग्मी विराटनगरकी स्थायी बासिन्दा हुन् । उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?