+
+

पोखरामा एकीकृत समाजवादीले बढायो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ५:२७

२ जेठ, पोखरा । पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउन थालेका छन् । ८ हजार ६ सय ९३ मत गणना हुँदा आचार्य ३ सय ५७ मतान्तरले अगाडि बढेका छन् । यसअघि ४ हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा १ सय ४३ मतले अग्रता कायम गरेका आचार्यले थप मतान्तर बढाएका हुन् ।

पोखराको ८ हजार ६९३ मत गणना हुँदा आचार्यले ३ हजार ४६५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार १०८ मत पाएका छन् । गठबन्धनबाट उपमेयरकी उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङभन्दा २५ मतले अगाडि छन् । मञ्जुदेवीले ३ हजार ५७५ मत ल्याउँदा कांग्रेसकी रानाभाटले ३ हजार ६०० मत पाएकी छन् ।

मेयरमा राप्रपाका उम्मेदवार शंकर खरालले ४६२ मत ल्याएका छन् भने लौरी चुनाव चिन्ह् लिएर चुनाव उठेका अटेरी अभियानका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ सय १२ मत ल्याएका छन् । राप्रपाकी उपमेयर रञ्जना सेनले ४ सय मत प्राप्त गरेकी छन् ।

पोखराको २ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । २ वडामध्ये नेकपा एमाले र नेपाली कांग्रेसले एक एक वटा खाता खोलेका छन् । वडा नम्बर १ मा एमाले उम्मेदवार साहारा प्रधानले ११ सय ४५ ल्याउँदै विजय भए भने कांग्रेसकी उम्मेदवार सीता गुरुङले ११ सय ४ मत ल्याइन् ।

वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिवसमान प्रधानांग निर्वाचित भएका छन् । प्रधानांगले निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीपक शाहीलाई २ सय ७८ मतान्तरले पराजित गरेका हुन् । प्रधानांगले १ हजार ८१९ मत पाउँदा शाहले १ हजार ७९२ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?