+
+

माग्ने बुढाको ‘कमेडी हब’को प्रसारण बुधबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १८:१३

काठमाडौं । माग्ने बुढा नामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले निर्देशन गर्ने स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गरे ।

एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो । यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ ।

कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएका छन् । एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

महजोडीले शोको सफलताको कामना दिए । अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा स्ट्याण्डअप कमेडीलाई रुचाइन थालिएको बताए । अभिनेता मनोज गजुरेलले हँसाउनु, सामाजिक सन्देश र एकताको सन्देश दिनु कमेडीको उद्देश्य रहेको बताए ।

अभिनेता जितु नेपालले पछिल्लो समय टेलिभिजनको चुनौती बढेको बताउँदै अहिले दर्शकले टीभी नभएर टीभीले दर्शक हेर्ने परिस्थिति आएको भन्दै ठट्टा गरे । ‘टीभीको बढ्दो चुनौतीबीच कमेडी हब आउन लागेको छ,’ उनले भने ।

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन् ।

जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने जनाइएको छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?