+
+

माओवादीले पार्टी सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १२:३४

२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।

अखिल क्रान्तिकारी भित्रको विवादबारे पनि छलफल

त्यस्तै बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको समेत गजुरेलले जानकारी दिए । ‘विद्यार्थीभित्र जे समस्या देखा परेको छ, त्यो बारेमा विस्तृत छलफल भयो,’ उनले अनलाइनखबरसँग भने, ‘अहिले तत्काललाई दुवै पक्षलाई राखेर एउटा सहमति गर्ने र छिटै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने ।’

लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ । यसै सन्दर्भमा शनिबार अखिल क्रान्तिकारीका नेताहरुले खुलमटारमा गएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए ।

त्यस्तै बैठकमा केन्द्रीय समितिको बैठक आगामी असार १५ मा आयोजना गर्नेबारे समेत छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?