+
+

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि तोकिए कमाण्डर

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ११:४७

१२ असार, काठमाडौं । अखिल क्रान्तिकारीले ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियानका लागि कमाण्डरहरू तोकेको छ ।

क्रान्तिकारीको यही असार ५ गतेको बैठकको निर्णय अनुसार तीन महिने अभियानका लागि इन्चार्जमा उपाध्यक्ष, प्रमुखमा सचिव रहनेछन् । जसअनुसार सात प्रदेशमा दुई/दुईवटा कमाण्ड बनाइएको छ भने विशेष प्रदेश र विश्वविद्यालयमा तीन/तीन वटा कमाण्ड बनाइएको छ ।

प्रदेश १ ‘क’को इन्चार्जमा अम्मराज शाही र प्रमुख मा खगेन्द्र सुवेदी, प्रदेश १ ‘ख’ को इन्चार्जमा सूर्य नारायण शाह, सुमन थुलुङ र प्रमुखमा ताजिम अन्सारी रहेका छन् ।

मधेश प्रदेश ‘ क’ को इन्चार्जमा नारायण खनाल र विश्वमणि थापा, प्रमुखमा प्रभाकर गुप्ता रहेका छन् भने ‘ख’ को इन्चार्ज तोकिएको छैन प्रमुखको जिम्मेवारी अनिल भगतलाई दिइएको छ ।

बागमती प्रदेश ‘क’ को इन्चार्जमा क्षितिज सापकोटा र प्रमुखमा कृष्ण न्यौपानै रहेका छन् भने ‘ख’ को इन्चार्जमा राजकुमार यास्को र प्रमुखमा बाबुराम नेपाली रहेका छन् ।

गण्डकी प्रदेश ‘क’ को इन्चार्जमा अच्युत भट्ट , हरि सिग्देल  र राजन आले रहेका छन् भने प्रमुखमा नारायण बडाल रहेका छन् ।  गण्डकी ‘ख’ को इन्चार्जमा नरेश रेग्मी  कमल खड्का छन् । प्रमुखको जिम्मेवारी विजय सापकोटाले पाएका छन् ।

लुम्बिनी प्रदेश ‘क’ को इन्चार्जमा प्रविना अधिकारी र प्रमुखमा बिक्रम राना रहेका छन् भने ‘ख’ को इन्चार्जमा गजेन्द्र देव र प्रमुखमा तुल्सिमणि केसी रहेका छन् ।

कर्णाली प्रदेश ‘क’ को इन्चार्जमा मदन भुल र देवीचन्द्र उपाध्याय र प्रमुखमा योगेन्द्र बुढा रहेका छन् भने ‘ख’ को इन्चार्ज तोकिएको छैन । प्रमुखको जिम्मेवारी तिर्शना हमाललाई दिइएको छ ।

सुदूरपश्चिम प्रदेश ‘क’ को इन्चार्जमा कल्पना मिया र गम्भीर साउद रहेका छन् भने प्रमुखको जिम्मेवारी भीम भट्टले पाएका छन् । ‘ख’को इन्चार्जमा दिपक रोकाया र प्रमुखमा पार्वती नेगी रहेका छन् ।

विशेष प्रदेश ‘क’ को इन्चार्जमा तुकमान महरा, प्रमुखमा सूर्य घर्ती, ‘ख’ को इन्चार्जमा जिपी मैद्दाली, प्रमुखमा प्रसुन कार्की  र ‘ग’ को इन्चार्जमा मिलन एमसी, प्रमुखमा बद्रि चुडाल रहेका छन् ।

विश्वविद्यालयतर्फ पनि तीन वटा कमाण्ड बनाइएको छ । जसअनुसार  विश्वविद्यालय ‘क’को इन्चार्जमा लक्ष्मी जोशी, प्रमुखमा संजय काल्धन, ‘ख’को इन्चार्जमा केशब रावल, प्रमुखमा अनुप पोखरेल र ‘ग’ को इन्चार्जमा मदन भट्टराई र प्रमुखमा उपेन्द्र शाहीले जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?