+
+

हेडक्वाटरका लागि घर वा जग्गा खोज्दै महालक्ष्मी विकास बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १४:४७

काठमाडौं । आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने उद्देश्य अनुसार महालक्ष्मी विकास बैंकले काठमाडौंको चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै घर वा जग्गा खरिदका लागि बोलपत्र आह्वान भइसकेको जनाएको छ ।

बैंकका अनुसार महाराजगञ्ज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैरीधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका लागि बोलपत्र अह्रवान गरिएको हो । दुई रोपनीदेखि चार रोपनीसम्म फैलिएको जमिन, घर कम्तिमा ३० हजार वर्ग फिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?