+

प्राणायाम : तन स्वस्थ, मन सन्तुलित

२०७९ असार  १७ गते १८:५२ २०७९ असार १७ गते १८:५२
प्राणायाम : तन स्वस्थ, मन सन्तुलित

काठमाडौं । सास नियन्त्रण गर्ने प्रक्रियालाई प्राणायाम भनिन्छ । प्राणायाम दुई शब्द प्राण र आयाम मिलेर बनेको हो । प्राणको अर्थ महत्वपूर्ण ऊर्जा वा जीवन शक्ति हुन्छ ।

प्राणायाममा श्वासप्रश्वासका माध्यमबाट शरीरका सबै भागमा ऊर्जा सञ्चित हुन्छ । त्यस्तै याम शब्दको अर्थ नियन्त्रण हुन्छ । योगमा यसलाई नियम वा आचारलाई निरुपित गर्नका लागि प्रयोग गरिन्छ । प्राणायाम शब्दसँग याम नभई आयाम शब्द जोडिएको छ । आयामको अर्थ हुन्छ, विस्तार गर्नु । यसलाई प्राणको विस्तार गर्नु पनि भनिन्छ ।

योगगुरु भानुभक्त दाहालका अनुसार प्राणायामले प्राणशक्ति सुधार गर्न र शरीरमा भएको प्राणलाई स्थापित गर्न वा टिकाइराख्न मद्दत गर्छ ।

‘प्राणायामले उमेर र आयुलाई मात्रै सन्तुलित र संरक्षण नगरी शारीरिक र मानसिक क्षमतामा समेत वृद्धि गराउँछ । उनी भन्छन्, ‘प्राणायामले एकाग्रता, स्मरण शक्ति बढाउनुका साथै रोग लाग्नबाट बचाउन समेत महत्वपूर्ण भूमिका खेल्छ ।’

उनका अनुसार प्राणायाममा श्वासको गति बढाउने, घटाउने, भित्र लिने, बाहिर फाल्ने र रोक्ने गरिन्छ । यो विशुद्ध श्वासको गति मिलाउने प्रक्रिया हो ।

‘प्राणायामले तनाव, अस्वस्थतालाई कम गरेर मन स्थिर बनाउनुका साथै दृढ इच्छाशक्ति जगाउने काम गर्छ । निरन्तर प्राणायाम गर्नाले लामो आयु प्राप्त हुन्छ,’ योग गुरु दाहालले अनलाइनखबरसँग भने ।

उनका अनुसार प्राणायाम जोसुकैले पनि गर्न सक्छन् । तर जटिल शल्यक्रिया गरेका र दीर्घरोगीले भने प्राणायाम गर्दा केही कुरामा ध्यान पु¥याउनुपर्छ । यस्ता मान्छेले लामो समयसम्म श्वास बन्द गर्दा समस्या आउन सक्छ । मानिसले आफ्नो क्षमता र आवश्यकता हेरेर प्राणायाम गर्न सक्छन् ।

प्राणायाम गर्न गुरु नै हुनुपर्छ भन्ने नहुने दाहालको भनाइ छ । गुरु भए राम्रो हुने र छिटो सिक्न सकिने भए पनि अहिले सामाजिक सञ्जालमा भिडियो हेरेर पनि प्रााणायाम गर्न सकिने उनले जानकारी दिए । अहिले धेरैले सामाजिक सञ्जालमा भिडियो हेरेरै प्राणायाम गर्ने गरेको उनको तर्क छ ।

बिहान घाम नझुल्किंदै गरेको प्राणायाम सबैभन्दा उपयुक्त हुने उनी बताउँछन् । हरेक दिन बिहान चार बजेदेखि ६ बजेसम्म गरेको प्राणायाम स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

दाहालका अनुसार प्राणायामका ४० बढी प्रकार छन् । जसमा मुख्यतया प्रचलनमा रहेका नाडी शोधन, भ्रस्तिका, भ्रामरी, कपालभाती, उज्जायी, अग्निसार र उद्धित रहेका छन् ।

स्वामी विवेकानन्दले ‘एक स्वस्थ शरीर एक स्वस्थ मनको पुर्वापेक्षा हो,’ भनेका छन् । स्वस्थ शरीरका लागि मन स्वस्थ हुनु जरुरी छ । प्राणायाम गर्न मन स्थिर हुनुका साथै तन र मन दुवै सन्तुलित र स्वस्थ राख्नका लागि गरिन्छ ।

प्राणायामको नियम

-प्राणायाम बिहानको समयमा गर्नु उपयुक्त हुन्छ । यो ताजा हावा र ऊर्जाका माध्यमबाट तन मनमा ऊर्जा भर्ने समय हो । प्राणायाम गर्नुभन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गर्दा तनमन हलुका हुन्छ ।

-प्राणायाम गर्ने स्थानमा पर्याप्त हावा र प्रकाश हुनुपर्छ । बन्द कोठामा प्राणायाम गर्दा झ्याल ढोका खुला राख्नुपर्छ । बन्द कोठामा प्राणायाम गर्दा चक्कर आउन सक्छ । साथै स्थान शान्त र एकान्त हुनुपर्छ ।

-भुईंमा चटाई वा योगा म्याट राखेर प्राणायाम गर्न सकिन्छ । यो पद्मासन, सुखासन, सिद्धासन र वज्रासन जुनसुकै आसनमा पनि गर्न सकिन्छ । प्राणायाम गर्दा कुनै समस्या देखिएमा भुईंमा केही समय भुईंमा बस्न सकिन्छ ।

-प्राणायाम गर्दा आँखा बन्द गर्नुपर्छ । नजरलाई आफ्नो नाकमा केन्द्रित गरेर गरेको प्राणायाम निकै फाइदाजनक मानिन्छ ।

-प्राणायाम गर्दा शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्य समेत स्वस्थ हुनुपर्छ । मनमा कुनै व्यभिचार र अनावश्यक विचार आउनु हुँदैन । यदि मन विचलित र कहीं जान केही गर्न हतार भएको दिन प्राणायाम नगर्नु राम्रो हुन्छ ।

-सुरुवाती दिनमा दिनको दुई मिनेट बढी प्राणायाम गर्नु हुँदैन । तर बानी परेपछि दैनिक समय बढाउँदै लैजानुपर्छ ।

-प्राणायाम सकेसम्म दैनिक गर्नुपर्छ । यसले शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यलाई समेत मजबुत बनाउने काम गर्छ ।

प्राणायामका फाइदा

-प्राणायामले तनाव, अस्वस्थता र भक्भकाउने समस्याबाट मुक्ति दिलाउँछ ।

-प्राणायामका माध्यमबाट अवसादको उपचार गर्न सकिन्छ ।

-प्राणायामबाट मन स्थिर र दृढ विचारको विकास हुन्छ ।

-निरन्तर प्राणायाम गर्दा आयु बढ्छ ।

-शरीरमा प्राण शक्ति बढाउँछ ।

-शरीरका कुनै नसा बन्द भएमा प्राणायामले खोल्न सहयोग गर्छ ।

-यसले तनमन र शरीरको तालमेल मिलाउने काम गर्छ ।

प्राणायाम स्वास्थ्य
लेखक
अंगद सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हामीले दिनहुँ खाइरहेका छौं ‘अल्ट्रा प्रोसेस्ड फुड’, यो किन अति हानिकारक छ ?

हामीले दिनहुँ खाइरहेका छौं ‘अल्ट्रा प्रोसेस्ड फुड’, यो किन अति हानिकारक छ ?

कान पाक्ने तीन समस्या, कुन बढी जोखिमपूर्ण र जटिल ?

कान पाक्ने तीन समस्या, कुन बढी जोखिमपूर्ण र जटिल ?

थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

थकान महसुस भइरहन्छ ? यस्ता छन् ५ उपाय

उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ ? (भिडियो)

उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ ? (भिडियो)

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

पेटको बोसो घटाउन यी ५ योगासन (भिडियो)

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम

रजोनिवृत्तिपछि यौनरुचि घट्छ ? यस्ता छन् ५ भ्रम