+
+

एलन मस्कको अर्को ब्रेकअप, अभिनेत्री नताशासँगको रोमान्स टुंगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते १४:२९

काठमाडौं । विश्वका सबैभन्दा धनाढ्य एलन मस्क र अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटबीचको रोमान्स टुंगिएको छ ।

अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हलिउड लाइफ म्यागजिनले जनाएको छ । यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ ।

यो सनसनीपूर्ण खुलासापछि बासेट सम्बन्धबाट पछि हटेको जनाइएको छ । रिलेसनसिपको अन्त्य भए पनि आफूहरु राम्रो साथी मात्र बन्ने उनले बताएकी छन् ।

‘नताशाले एलनबाट धेरै कुरा सिकेकी छन्, किनकि यो धेरै विशेष र वास्तविक थियो,’ स्रोतलाई उद्धृत गर्दै हलिउड लाइफले लेखेको छ, ‘नताशाले अब करिअरमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी छन् ।

बज लुरम्यानको बायोपिक फिल्म ‘एल्भिस’पछि मस्क र नताशाबीचको सम्बन्ध टुंगिएको हो । फिल्ममा नताशाले मुख्य भूमिका निर्वाह गरेकी छन् । फिल्मको रिलिजपछि जुन महिनाको आखिरी दिनहरुमा मस्कको सम्बन्धले गर्दा ठूलो तनावको स्थिति सिर्जना भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?