+
+

प्रधानमन्त्रीबाट हट्ने दबावमा रहेका विक्रमसिंघे चुनिए श्रीलंकाको राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:४५

४ साउन, काठमाडौं । नागरिकमाझ अलोकप्रिय भए पनि प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई नै श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको छ ।

नागरिकले विक्रमसिंघेले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरिरहेका छन् ।

उनले १३४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत पाएका छन् । २२३ सांसद रहे पनि २ जना सांसद मतदानमा अनुपस्थित भए भने ४ मत बदर भयो ।

राष्ट्रपति निर्वाचित भएलगत्तै विक्रमसिंघेले देशको आर्थिक संकट समाधानका लागि सबै दललाई मिलाएर काम गर्ने बताएका छन् ।

देश आर्थिक संकटमा फसेपछि नागरिकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका छन् । देश छाडेर भागेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गरिएको हो । उनको कार्यकाल २०२४ को नोभेम्बरसम्म रहनेछ ।

यो बीचमा आर्थिक संकटमा फसेको देशको पुनरुत्थान गर्ने जिम्मेवारी विक्रमसिंघेको काँधमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?