+
+

नेपाली र भोजपुरी कलाकार रहेको हिन्दी फिल्म ‘मिसन चाइना’को सुटिङ पोखरामा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १२:०६

जनकपुरधाम । हिन्दी भाषाको फिल्म ‘मिसन चाइना’को छायांकन पोखरामा सुरु भएको छ । पोखराका विभिन्न स्थानमा धमाधम छायांकन भइरहेको फिल्ममा केही नेपाली कलाकारले समेत अभिनय गरिरहेका छन् ।

अमित सर्राफको लेखन तथा निर्देशन रहेको फिल्ममा ‘मधेशी पुत्र’ फिल्मका तीन श्रृंखला निर्माण गरेर चर्चा बटुलेका सप्तरीका अभिनेता नीराजन मेहता पनि छन् । प्रमुखमध्येको एक भूमिकामा आफू रहेको उनले जानकारी दिए ।

उनीसहित भोजपुरी कलाकार कुन्दन भारद्वाज, यामिनी सिंह, पूजा ठाकुर, अवधेश मिश्र, देव सिंह, ध्रुव कोइराला, मुरली मल्वानिक लगायतले पनि अभिनय गरेका छन् ।

चीनले आफैंले कोरोनाभाइरस निर्माण गरेर संसारभर फैलाइरहेको आरोपमा लेखिएको कथावस्तुमा फिल्म बनिरहेको हो । अमेरिका लगायतका पश्चिमा मुलुकले भाइरसको सत्यतथ्य जाँच्न विश्व स्वास्थ्य संगठनमाथि दबाब पनि दिएका थिए ।

तर चीनले भने पश्चिमा मुलुकको उक्त आरोपको खण्डन गरिरहेको छ । चीनले ती आरोप राजनीतिले प्रेरित रहेको बताइरहेको छ । यस्तै कथावस्तुमा बनेको फिल्मको निर्माण सुरु भएको हो ।

अभिनेता मेहताले आफू ‘खतरनाक’ भूमिकामा रहेको बताए । १७ वर्षदेखि फिल्म क्षेत्रमा काम गर्दै आइरहेका सप्तरी तिरहुत गाउँपालिकाका मेहताले तिमी बिना, लभ यु हमेशा, डी एप्पल, भिलेन नम्बर वान, मधुमालाजस्ता फिल्ममा अभिनय गरेका छन् ।

उनी आफैंले निर्देशन र अभिनय गरेको मैथिली भाषाको फिल्म ‘त्रास : एक खौफ’ प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?