+
+

खोटाङमा ६ म्याग्निट्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते ८:४७

१५ साउन, काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३  बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।

प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको भए पनि हालसम्म कुनै पनि क्षति भएको नपाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?