+
+
लघुकथा :

दूरदृष्टि 

बालकृष्ण गजुरेल  बालकृष्ण गजुरेल 
२०७९ साउन १६ गते १२:०५
बालकृष्ण गजुरेल

पहिले पहिले रामपुर गाउँमा घर बनाउँदा समेत गाउँलेले श्रमदान गर्थे । आफ्नो बनाउँदा अरु आउँथे । अरुको बनाउँदा आफू जान्थे । मितव्ययिता थियो । सार्वजनिक चासो थियो । सामाजिक भावना थियो । मान्छेहरु सम्मान गर्थे । पाहुनाहरुलाई सत्कार हुन्थ्यो ।

अहिले समाज बदलिएको छ । समाजवाद र साम्यवादको कुरा गर्नेले समाज छिन्नभिन्न पारे । ‘समाजमा मिलेर बस्न नसक्नेले कसरी समाजवादको कुरा गर्छन् ?’ गाउँलेहरु अचम्ममा छन् । नहुनु पनि कसरी ? चौतारोमा छलफल चलिरहेको थियो ।

‘कार्यकर्ता भनाउँदा उस्तै । रक्सी र मासु चाहिने, बाइकमा तेल चाहिने, ठेक्का आफूलाई चाहिने ।’ गाउँको भेलामा गाउँका  बृध्दले गाउँवासी भन्दा राजनीति पार्टीका खेताला बनेकोमा चिन्ता जाहेर गरे ।

‘होइन काका, धरानमा मेयर स्वयं श्रमदानमा निस्के । जनताले साथ दिए,’  हर्क मिजारले खानेपानीको लागि श्रमदान गर्ने विषय सुनाए । केही मान्छेहरुले कानमा तेल हालेर नसुने झैं गरे । उनले बुझे उनलाई इन्कार गरे ।

पालो गाउँका भलाद्मी बृध्दको थियो । उनले  राणा शासन देखे, पञ्चायत देखे, बहुदल देखे, गणतन्त्र देखे । उनले अनुभवको आधारमा भने, ‘गलत नजिरको कारण जनताका मान्छे भन्नेहरु आजकाल जनताबाट च्युत हुँदैछन् । राजाले राजसंस्था सके झैं यिनले गणतन्त्र नसकुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?