+
+

चोलेन्द्रले नाम लिएका वकिलहरुसँग महाअभियोग सिफारिस समितिको छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १५:४८

३० भदौ, काठमाडौं । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरू भएको छ । यसअघि १ बजे बस्ने भनिएको महाअभियोग सिफारिस बैठक ३ बजेका लागि सारिएको थियो

नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो ।

समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल,
पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।

समितिमा नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता हर्क रावल पनि आए पनि उनीहरूको नाम चोलेन्द्रले नलिएको भनी बैठकमा रहन दिइएन ।

यसअघि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुले सिफारिस समितिमा उपस्थित नहुने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?