+
+

परशुरामका मेयर आफैं ढुङ्गा बोकेर तटबन्ध निर्माणमा जुटे

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते १२:०१

७ असोज, डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत जोशीको नेतृत्व र श्रमदानमा तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ । ३१ भदौ र १ असोजको अविरल वषर्ापछि आएको बाढीले परशुराम नगरका सरगौडा, ठण्डजला, र सिमलखेतमा ठुलो क्षति भएको थियो ।

तत्काल थप क्षति रोक्नका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै कान्छा मेयर जोशी आफैं ढुङ्गा बोक्न सक्रिय छन् । उनले जनताको दुःख कम गर्न आफै सक्रिय रहेको बताए ।

मेयर जोशीसहितका स्थानीय श्रमदानमा सक्रिय छन् । पछिल्लो तीन दिनयता जनतासँगै श्रमदानमा रहेको मेयर जोशीले बताए ।

तत्कालका लागि समाधान खोज्ने र दिर्घकालीन योजना बनाएर कटान नियन्त्रणका कदम चालिने मेयर जोशीले बताए । परशुराममा हरेक वर्ष बाढीले ठूलो क्षति गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?